दुलेगौंडा। हरेक बर्ष फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवसको रुपमा मनाईन्छ । यस बर्ष पनि ४२ औं राष्ट्रिय मगर एकता दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सोही दिवसको अवसर पारेर तनहुँ जिल्लाको भिमाद नगरपालिकाले सार्वजनिक विदा दिएको छ । नगरको फागुन १० गते बसेको बैठकले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भिमाद नगपालिकामा मगर समुदायको बाहुल्यता रहेको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले गएको बर्षदेखि नै सार्वजनिक बिदा दिदै आएको छ । मंगलबार नगरपालिका, नगरपालिका अन्तर्गतका वडाहरु, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरुमा विदा हुने उल्लेख छ ।