दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका भित्र रहेका ३११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । एफ.ए.ओ नेपाल र पशुसेवा विभागकाे आयाेजनामा घरपालुवा र सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हाे ।
नेपाल सरकारले सन् २०३० सम्ममा कुकुरको टाेकाइ (रेविज) बाट हुने मृत्युदर शुन्यमा झार्ने अभियान अन्तर्गत रहेर शुक्लागण्डकी भित्र रहेका कुकुरकाे बन्ध्याकरण गरेको हाे ।
सामुदायिक कुकुरको प्रजननमा कमि ल्याइ रेविज नियन्त्रण गर्नका निम्ति बन्ध्याकरण कार्यक्रम गरिएको
ल्याउने लक्ष्यका साथ बन्ध्याकरण पशु विकास शाखा प्रमुख मुक्ति पाैडेलले बताए । उनका अनुसार नगर भित्रका १४८ सामुदायिक कुकुर र १६३ घर पालुवा कुकुरकाे बन्ध्याकरण गरिएको छ । हालसम्म शुक्लागण्डकीमा ६ वटा कुकुरमा रेविज पुष्टि भएको छ ।
केन्द्रिय रिफरल पशु अस्पतालको टोली एनिमल एम्बुलेन्स सहित आएर टोल-टोलमा पुगी सामुदायिक कुकुर समातेर शुक्लागण्डकी भेटेरिनरी अस्पतालमै ल्याएर बन्ध्याकरण गरिएको थियो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृषि भूमि व्यवस्था मन्त्रालय सचिव डा टंक प्रसाई, वडाध्यक्ष दीर्घ बहादु थापा, सर्जनहरू डा.बालकुमार श्रेष्ठ, डा.किरण पाण्डे, डा.अर्जुन अर्याल ,डा.अनन्त कोइराला, डा.प्रकाश अधिकारी, डा.नविन श्रेष्ठ, पल्लवी अधिकारी , डा.प्रियन्का भण्डारी , डा.विनय शाह, डा.माधव डुम्रे, डा.अनुप श्रेष्ठ, डा.सञ्जय श्रेष्ठ, पशु स्वास्थ्य प्राविधिक कैलाश थापा लगायतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियाे ।