दुलेगौंडा । धार्मीक एवम् पर्यटकी क्षेत्रको रुपमा विकास भएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधम गाछेपानीमा महाशिवरात्री पर्वको अवसरमा भजन प्रतियोगिता आयोजना हुने भएको छ । भजनको संरक्षण र प्रर्वद्धन गर्ने हेतुलि प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।
भजन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ५१ हजार, द्धितीय हुनेले ३६ हजार, तृतीय हुनेले २१ हजार र सान्तवना हुनेले ५ हजार एक सय साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, शिवध्वनी पुजन र विविध धार्मीक अनुष्ठान कार्यक्रम हुने भएको छ । साथै सोहि दिन लोकदोहोरी गायका पशुपति शर्माको संगितकि प्रस्तुति रहनेछ ।
भक्तजनहरुका लागि धार्मिक स्थलको रुपमा विकास भएको च्यवनधाम परिसरमा १०८ धार, १०८ शिबलिङ्ग, १०८ वर पिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचनाहरु रहेको छ ।