साँखे । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा उद्घोषक तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा भित्र रहेका टोल विकास संस्थामा आबद्ध प्रतिनिधिहरुको नेतृत्व क्षमता विकास गराउने उद्देश्यले वडा कार्यालयले उक्त तालिम आयोजना गरेको हो ।
तालिमको समापन दिनमा तालिममा सहभागिले नै कायैक्रम सञ्चालन गरेका थिए । समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थी भगवती पौडेलले आफुमा तार्किक अभिव्यक्ति क्षमताको विकास भएको बताए । ‘म आफै आमा समुहको अध्यक्ष हुँ, यस लगायत टोल विकास संस्थामा पनि रहेको छु । तालिम लिनुभन्दा अगाडीसम्म बोल्न पर्छ भनेपछि डराएर केही नबोल्ने म मा आजा ढुक्कले बोल्न सक्ने आँट बढेर आएको छ’ उनले भनिन् ।
तालिमको समापन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेले तालिममा सिकेका सिपलाई व्यवहारीक रुपमा प्रयोगमा ल्याउन सबैलाई आग्रह गरे । उद्घोषण तथा नेतृत्व विकास तालिमले व्यक्तिको व्यक्तिगत, सामाजिक र राजनीतिक क्षेत्रमा अब्बल सावित गराउने बताए ।
शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्य डोलमाया गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष शालिकराम भट्टराई, जिल्ला समन्वय समिति सदस्य खिमलाल भण्डारी, वडा सदस्य संगिता विक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रशिक्षर्थी तृसना भुजेलले स्वागत मन्व्य, भगवती सिग्देल र अमृता क्षेत्रीले अनुभव मन्तव्य, ठगीमाया थापाले धन्यवाद मन्तव्य राखेका थिए भने अञ्जु श्रेष्ठ क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
तालिममा राजन उपाध्याय, राजकुमार आले र हरि खरेलले सहजिकरण गरेका थिए । तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।