दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महाेत्सवकाे अवसरमा आयाेजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा माउन्ट अन्नपूर्ण एकेडेमी प्रथम भएको छ । प्रथम भएसंगै माउन्टले नगद १२ हजार साथमा सम्मान पत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा अरनिको माध्यमिक विद्यालय खैरेनीटार द्धितीय र तालवेसी माध्यमिक विद्यालय तृतीय भएको छ । द्धितीय हुन सफल अरनिकोले नगद ८ हजार र तृतीय हुन सफल तालवेसीले नगद ४ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेशका सभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी उद्याेग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल र महाेत्सवमा निर्देशक समुन्द्रराम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।