ढोरफिर्दी । तनहुँको शुक्लागण्डकी–८ ढोरफिर्दी स्थित गाउफर्कोदय माध्यमिक विद्यालयमा सम्पन्न् निःशुल्क बृहत स्वास्थ शिवीरमा २७० जनाले स्वास्थ्य जाँच गरेका छन् । आस्था किड्नी एण्ड स्पेशलाईज हस्पिटल प्रा.लि. को आयोजना तथा शुक्लागण्डकी नगरपालिका र वडा नं ८ को समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
ग्रामीण क्षेत्रमा रहेका बिपन्न नागरिकहरुलाई स्वास्थमा पहुँच पुर्याउनको लागि नगरपालिकाको पहलमा आस्था किड्नी एण्ड स्पेशलाईज हस्पिटल प्रा.लिको आयोजनामा उक्त शिविरको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी–८ का वडाध्यक्ष नारायण सिंह थापाले स्वास्थ मानव जिवनको आधारभुत आवस्यकता भएकोले स्वास्थ प्रती गम्भीर हुन आग्रह गरे । साथै नगर तथा वडाको अनुरोधमा आस्था हस्पिटले आयोजना गरेको निःशुल्क स्वास्थ शिवीर प्रभावकारी रहेकोमा बताए ।
हस्पिटलका डा. राजेन्द्र पौडेलले आफू जन्मेको र हुर्केको ठाँउमा शिवीर आउनु आफ्नो लागि लागि गर्वको बिषय रहेको बताए । शिविरमा पेट छाती तथा मुटुरोग, मृगौला, हाडजोर्नी तथा नशारोग, स्त्री तथा महिला रोग, रेडियोलोजिस्ट र नाक कान तथा घाँटी रोग सम्बन्धि रोगको परीक्षण गरिएको थियो ।
आस्था किड्नी एण्ड स्पेशलाईज हस्पिटल प्रा.लिका अध्यक्ष अमृत केसीको अध्यक्षमा सम्पन्न कार्यक्रमको वडाध्यक्ष अध्यक्ष थापा, सस्थाका निर्देशक अर्जुन कार्कीले लगायतले बोलेको थिए भने वडा नं. ८ का सह–सचिव इन्द्र प्रसाद पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।