दुलेगौंडा । गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र स्तरीय योजना अन्र्तगत रहेर आर्थिक बर्ष २०७६/०७७ मा दुलेगौंडा –हर्कपुर मोटर मार्ग कालोपत्रे गर्न बजेट विनियोजन ग¥र्याे । उक्त मोटरमार्ग निर्माण गर्ने जिम्मेवारी शंकरमाली निर्माण कम्पनीले लियो । तर विच अवस्थामा विभिन्न बहाना बनाई निर्माण पक्ष सम्पर्क विहीन बन्न थाल्यो । पटक पटक गरेर म्याद थप गर्दा पनि काम हुन नसक्दा जनताले बाटो बन्ला भनेर विश्वास गर्न छाडीसके ।
पटक पटकको म्याद थप हुदाँ पनि सडक कालोपत्रे हुन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि फागुन ५ गते अनुगमन सहित दबाब यात्रा गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् संसद डा. स्वर्णीम वाग्ले सहितको टोलिले दबाब यात्रा सुरु गर्न लागेको हो ।
लामो समयदेखि निर्माण पक्षले जनताको आखाँमा छारो हाल्ने काम गरेको हुदाँ उक्त दबाब यात्रा सुरु गर्न लागिएको कार्यक्रमका संयोजक शंकर पन्तले बताए । उनले सम्र्पूणलाई उक्त दबाब यात्रामा सरिक भईदिन अनुरोध समेत गरेका छन् ।
ं