दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जस्पुरका सरद एल.जी तेस्रो अन्तराष्ट्रिय सिल्भर म्यूजिक अवार्डबाट सम्मानित भएका छन् । उनले सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष नृत्य विधामा चल्यो बतास गितबाट अवार्ड हात पारेका हुन ।
सरादलाई मोडेलको रुपमा चिनाउने पहिलो गीत नै ‘चल्यो बातस’ हो । हाल सम्म ३ करोड ३३ लाख भन्दा बढी पटक हेरीसकेको छन् । खरो मिडिया युटुब च्यानेल मार्फत सार्वजनिक भएको यस गितमा गोबिन्द पङ्गेनीको लय शब्द, गायिका मेनुका परियार र गायक सितारम परियारको आवज रहेको छ । उक्त गीतमा सरादसंगै मोडेल करिश्मा ढकाल प्रमुख भुमिकामा देखिन्छ ।
अवार्ड हात पार्दै सरादले सम्पूर्ण दर्शक, आफन्तजन, साथी, आयोजक परिवारलाई आभार प्रकट गरे ।