दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कवासेमा रहेको शहिदकृष्ण माध्यमिक विद्यालयको कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने किशोरीहरुका लागि आत्मारक्षा तालिम दिईएको छ ।
आर्थिक बार्ष ८०÷८१ को लागि विनियोजित बजेटबाट आत्मरक्षा तालिम दिईएको शुक्लागण्डकी ३ का वडाध्यक्ष सचिन भुजेलले बताए । बालिका, किशोरीमाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न तालिमले सहयोग पु¥याउने उनको भनाई छ । पहिलो चरणमा १५ दिनसम्म यस तालिम सञ्चालन हुने छ ।
तालिमको मुख्य प्रशिक्षकको रुपमा आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी एवम् तनहुँ आईटिएफ तेकवान्दो संघका सचिव सोमबहादुर गुरुङ रहेका छन् ।
वडाध्यक्ष भुजेलको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परर्शुराम भण्डारी, वडा सदस्य उमादेवी सुवेदी, विजय श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।