कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा जनजाति लक्षित उद्घोषण तथा नेतृत्व विकास तालिमा सुरु भएको । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषदको आयोजना र शुक्लागण्डकी नगरपालिका–२ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन समारोहमा बोल्दै शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष सुमबहादुर राना मगरले जनजाति समुदायलाई समाजको नेतृत्व पंक्तिसम्म पुग्न यस तालिमले विशेष सहयोग पुग्ने बताए । साथै उनले तालिम लिनका लागि मात्र नभई ग्रहण गरि व्यवहारमा उर्तान पनि आवश्यक रहेको बताए ।
परिषदका उपाध्यक्ष विमला राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य एवम् कार्यपालिका सदस्य रितु नेपाली, कार्यपालिका सदस्य विमल जिसी, वडा सदस्य भगवान् पुन, आदिवासी जनजाति महासंघ नगर समितिका अध्यक्ष तुलसिकुमारी श्रेष्ठ, सचिव सुरेन्द्र कुमार तामाङ लगायतको उपस्थिती रहेको थियो ।
तालिममा २७ जना सहभागि रहेका छन् । तालिम ५ दिनसम्म सञ्चालन हुने । तालिमको मुख्य प्रशिक्षकको रुपमा शुक्ला न्यूजका सम्पादक हरि खरेल रहेका छन् ।