दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयले आयोजना गरेको विद्यालय स्तरीय विद्यार्थीद्धारा निर्मीत शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा सहभागि ११ विद्यालयलाई पछि पार्दै जनकल्याणले प्रथम स्थान हासील गरेको हो । विद्यार्थीले रक्तसञ्चार प्रक्रिया, पम्प वोयल, जेसीवि, शुक्ष्मदर्शक यन्त्र, वायुमण्डलीय अवस्था सम्बन्धी साम्रगी तयार गरेका थिए ।
यसैगरि शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा नेपाल पुलिस स्कुल द्धितीय भएको छ । पुलिस स्कुलका विद्यार्थीले सडक बत्तिको सम्बन्धी शैक्षिक सामग्री तयार गरेका थिए ।
विद्यार्थीद्धारा निर्मीत शैक्षिक सामग्री प्रदर्शनीमा तालवेसी माध्यमिक विद्यालय तृतीय भएको छ । तालवेसी माध्यमिक विद्यालयले हाइड्रोलिक व्रिज, मुत्र प्रणली, रोटेपिङ, चन्द्र ग्रहण, व्यवसायीक म्यनु तयार गरेका थिए ।
प्रतियोगितामा प्रथम जनकल्याण माविले नगद १० हजार, द्धितीय हुन सफल नेपाल पुलिस स्कुलले नगद ७ हजार र तृतीय हुन सफल तालवेसी माध्यमिक विद्यालयले ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।