दुलेगौंडा । तनहुँको शुकलागण्डकी नगरपालिका–८ एकता टोल (लालिम)मा दोस्रो संस्करणको साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
स्थानीय स्तरमा रहेका खेलाडीलाई संरक्षण गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष टेकबहादुर जुग्जालीले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्धितीय हुनेले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका खेल संयोजक रुपेश बरेलीले बताए । साथै बेष्ट प्लेयर, बेष्ट स्पाईकर र बेष्ट सटरलाई उचित पुरस्कारको व्यवस्था गरिएको बरेलीले बताए ।
प्रतियोगिता माघ २२ गतेदेखि २७ गतेसम्म एकता टोल खेलमैदानमा सञ्चालन हुने छ । प्रतियोगिता अवधिमा स्थानीय स्तरमा रहेका कलाकारद्धारा संस्कृतिक कार्यक्रम प्रस्तुत गरिने क्लबका सचिव मिलन सुवेदीले बताए ।