दुलेगौडा । मुग्लिन–पोखरा आयोजनाको जामुने–पोखरा (पश्चिमी खण्ड) अन्र्तगत हलेदीमा बिहीबार परिक्षण कालोपत्रे गरिएको थियो । उक्त क्षेत्रमा गरिएको कालोपत्रेको परिक्षण सफल भएको आयोजनाले जनाएको छ ।
हलेदीमा करिव ३ सय मिटर कालेपत्र गरिएको छ । यस खण्डमा कालेपत्रको लागि करिव डेढ किलोमिटर बेस तयार भएको निर्माण कम्पनीले जनाएको छ । हाल जामुने पोखरा खण्डको ६÷७ स्थानमा बेसको तयारी भइरहेको छ ।
२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको २०८१ भदौ १२ मा सक्नुपर्ने सम्झौतामा छ । राजमार्गको यस खण्डमा १५ प्रतिशत काम भएको छ । ४५ किलोमिटरको जामुने–पोखरा पश्चिम खण्डमा चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले कार्य गरिरहेको छ ।
स्तरोन्नतिपछि सडकको पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौंडासहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको बनाइनेछ । सडक स्तरोन्नति गर्न चिनियाँ कामदार ५० जना र नेपाली कामदार ४ सय २५ जना खटिएका छन् ।