• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

शुक्लागण्डकी र लेखनाथ उद्योग बाणीज्य संघबिच अन्तरक्रिया

हरि खरेल हरि खरेल
January 24, 2024
- स्थानीय समाचार
A A
0
शुक्लागण्डकी र लेखनाथ उद्योग बाणीज्य संघबिच अन्तरक्रिया
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तेस्रो शुक्लागण्डकी महोत्सव–२०८० लाई केन्द्रित गर्दै शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघबीच अन्तरक्रिया गर्नुका साथै सुझाव संकलन गरिएको छ । दुबै संघका पदाधिकारीसहितको सहभागितामा भएको छलफलमा शुक्लागण्डकी महोत्सलाई सफल र प्रभावकारी बनाउने विषयमा सुझाव संकलन गरिएको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र तिमिल्सीनाले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघले गत पुष ५ देखि १६ गतेसम्म १९ औं संस्करणको महोत्सव सम्पन्न गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल र पदाधिकारीको सहभागितामा सो कार्यक्रम भएको हो । ‘हरेक संस्करणको लेखनाथ महोत्सव दर्शकले रुचाएका छन । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष रिमालले भने,’ ‘कुन पाटोलाई ख्याल गर्दा हाम्रो पनि सफल बनाउन सकिन्छ भन्ने विषयमा धेरै सुझावहरु आएको छ । प्राप्त सुझावले महोत्सव थप प्रभावकारी हुने छ ।’

आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ माघ २६ देखि फागुन ८ गतेसम्म महोत्सव हुदै छ । महोत्सव शुक्लागण्डकी–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको परिसरमा हुने छ । महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक एवम् झाँकी प्रदर्शनी, तीनखोलेदेवी, ढोरवाराही मन्दिर दर्शन, रकगार्डेन, दगाम, भूजिकोट भ्यू टावर, भुमे भैरव मन्दिर तथा ऐतिहासिक स्थानथोक दरवार अवलोकन एवम् मिलेनियम ट्रेक पदयात्रालाई निरन्तरता दिइएको छ । साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा सांगितिक कार्यक्रम, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवम् खरिद विक्रि, कृषि उत्पादनहरुको प्रदर्शनी तथा विक्रि समावेश गरिएको छ । साथै भलिबल प्रतियोगिता,कौरा, नृत्य प्रतियोगिता, गण्डकी गायन प्रतियोगिता, रत्यौली प्रतियोगिता समावेश गरिएको छ । सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सवमा १ सय ७५ स्टल रहने छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
भिमादका निवर्तमान नगर प्रमुखको निधन

भिमादका निवर्तमान नगर प्रमुखको निधन

April 21, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.