दुलेगौंडा । समुदायबाट स्थापित तनहुँ भिमाद ३ जलौदीबाट स्थित बालशैणिक माध्यमिक विद्यालयले १८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार मनाएको छ ।
बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले प्राविधिक, आधुनिक र व्यवहारिक शिक्षा आजको आबश्यकता रहेको बताए छन् । साथै उनले शैक्षिक गुणस्तर कायम गरी समय सापेक्षा शिक्षाका लागि प्रदेश सरकार पनि लागि परेको बताए ।
बालशैणिक माविका संस्थापक अध्यक्ष तथा भिमाद ३ का वडा अध्यक्ष पदमराज सेन ठकुरीले स्थानीयको श्रमदान र चन्दाबाट स्थापना गरी माध्यमिक तह सम्म विद्यालय सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । स्थानीय दुःख, श्रमले सृजना भएको विद्यालयमा स्थानीय बालबच्चा पढेर सुनौलो भविष्य निर्माणले सारा दुःख भुलेको संस्थापक अध्यक्ष ठकुरीले अनुभुती छ ।
अभिभावक, शिक्षक र विद्यार्थीको मेहेनतले सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलले बताए शिक्षाको गुणस्तर र पूर्वधार विकासमा व्यवस्थापन समिति लागि परेकाले सबैसंग सहयोगको अपिल गरे ।
वि.स २०६२ सालमा स्थापित विद्यालयमा कक्षा दश सम्म पठनपाठन हन्छ । यस विद्यालयमा २ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यपक प्रविण सुवेदीले जानकारी दिए । बार्षिक उत्सवका अवसरमा विद्यार्थी र शिक्षकहरुले सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । माझकोट साना किसान सहकारीले विद्याथीले छात्रवितृ प्रदान गरेको छ ।