दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रहेको खैरेनी माध्यमिक विद्यालयले ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरि मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विद्यार्थीहरु दिनानुदिन विदेश पलायन हुने क्रम बढिरहेको हुदाँ किताबी ज्ञानलाई सीपमुलक र व्यवहारिकतामा रुपान्तरण गर्न अत्यन्त जरुरी रहेको बताए । साथै उनले आगामी बर्षलाई नगरले शैक्षिक बर्षको रुपमा प्राथमिकताका साथ योजना बनाउने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल मोहन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर वि.क, प्रा.डा. बुद्धिबहादुर थापा, प्रा.डा. चन्द्रबहादुर थापा, शुक्लागण्डकी वडा नं ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, कार्यपालिका सदस्य खिमबहादुर कुमाल, शिक्षक अभिभावक संघका अध्यक्ष शेषकान्त पौडेल, विद्यार्थीद्धय सदीक्षा पौडेल, इशिका कुमाल लगायतले बोलेका थिए । प्रधानाध्यापक राजेश्वर घिमिरेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संचालन शिक्षक मोहनप्रसाद आचार्यले गरेका थिए ।
सो अवसरमा विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याएको भन्दै शिक्षकहरु विद्यालयबाट उच्च अंक ल्याउने विद्यार्थी र राष्ट्रपति रनिङ शिल्डमा पदकधारी खेलाडीलाई पनि सममान गरेको थियो । कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा १२०५ जना विद्यार्थी अध्ययनरत छन् ।