दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–८ मा जनजाति लक्षित नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको तालिमको सुरुवाति दिनमा स्टेजमा उभिएर बोल्न डराउनेहरु नै अन्तिम दिनमा भने आफैले कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरे ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राजुले प्रशिक्षार्थीहरु नै कार्यक्रम सञ्चालक, वक्ता रहेर नगर र वडासंग आफ्नो कुरा निर्धक्क भएर बोल्दा तालिम सफल भएको बताए । उनले अवसरहरु आफै नआउने हुदाँ आफ्नो गाउँ टोलमा हुने कार्यक्रममा अग्रसर भएर मन्तव्य राख्ने र कार्यक्रम सञ्चालन गर्ने कार्यमा पनि अगाडी बढ्न जोड दिए ।
छोटो समयमा प्रशिक्षर्थीहरुमा आएको परिर्वतनले वडा कार्यालयलाई थप यस्तै कार्यक्रम आयोजना गर्न प्रेरण मिलेको बताए । जनजातिहरुले कुनै पनि कार्यक्रम गर्दा विभिन्न ठाउँबाट कार्यक्रम सञ्चालक बोलाउनुपर्ने बाध्यताको अन्त्य गर्न जनजाति समुदायका व्यक्तिलाई तालिम दिएको बताए ।
वडाध्यक्ष थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी चन्द्रा पुनले स्वागत मन्तव्य, ,प्रेम कुमाल, संगिता भुजेल, निरु पुन, विना रानाले अनुभव मन्तव्य, संगिता श्रेष्ठले धन्यवाद मन्तव्य राखेकी थिईन भने प्रशिक्षार्थी खेम माया थापाले कार्यक्रम सञ्चालन गरेकी थिईन । तालिममा २४ जनाको सहभागिता रहेको थियो भने प्रशिक्षकको रुपमा शुक्ला न्यूजका सम्पादक हरि खरेल, रेडियो ढोरबाराहीका स्टेसन म्यानेजर राजकुमार आले र कुश्मावति आधारभूत विद्यालयर्की प्रधानाध्यापक सिता गिरी रहेका थिए ।