दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा बुधबारदेखि वडाध्यक्ष कप, सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने हेतुले शिलादेवी युवा क्लबको आयोजना र शुकलागण्डकी नगरपालिका–२ नम्बर वडा कार्यालयको संरक्षणमा उक्त प्रतिायोगिता आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमनबहादुर राना मगरले खेलकुदले युवाहरुलाई स्वस्थ राख्नुका साथै लागुऔषद दुव्यसनिबाट पनि मुक्त पार्ने बताए । खेलकुदको माध्यमबाट युवाहरुमा एकताको भावना पैदा हुनुका साथै नेतृत्व विकासमा पनि सहयोग पु¥याउने हुदाँ वडाले हरेक बर्ष युवाहरुका लागि बजेट छुट्याउदै आएको पनि बताए ।
शिलादेवी युवा क्लबका अधयक्ष गोपाल गुरुङ्को सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य भगवान पुन, क्लबका पूर्व अध्यक्ष सुरेनद्र कुमार तामाङ, उदयराज गुरुङ लगाएतले बोलेका थिए ।
बुधबारदेखी सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुनेले ७० हजार द्धितीय हुनेले ४० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । हालसम्म प्रतियोगितामा २१ टिमको सहभागिता रहेको खेल संयोजक सागर थापाले बताए ।
उद्घाटन खेलमा आयोजक विजय
बुधबार भएको उद्घाटन खेलमा आयोजक शिलादेवी युवा क्लबले उपल्लो पुडी युवा क्लबलाई पराजित गरेको छ ।
प्रतिोगिता अवधिभर दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आयोजकले उपल्लो पुडीलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो ।