दुलेगौंडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति तनहुँले जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
पत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै दुर्गम हिमाली र पहाडी क्षेत्रका नागरिकले नागरिकता, परिचय पत्र, जग्गा किनबेचका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्न माग गरेका छन् । साथै उनिहरुले यस्ता सेवाहरु स्थानीय पालिकाबाट गराउन माग पनि गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमितिका ईन्चार्ज बिलास सिले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उक्त ज्ञापन पत्र बुझाएका थिए ।