दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका भित्र रहेका अदिवासी जनजातिलाई मातृभाषमा रेडीयो कार्यक्रम गर्न तालिम दिएको छ । नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदले शनिबारदेखी ‘म पनि बोल्छु आफ्नै मातृभाषमा’ रेडीयो भाषा कक्षा कार्यक्रम सुरु गरेको हो ।
आदिवासी जनजातिको भाषा विस्तारै लोप हुदै जान अवस्था सिर्जना भएको हुदाँ भाष संरक्षण गर्न महासंघले रेडियो भाषा कक्षा संञ्चालन गरेको कार्यपालिका सदस्य खिम कुमालले बताए । उनका अनुसार पछिल्लो समय आदिवासीको कला संस्कृति, भेषभुषा संरक्षण भएता पनि भाषको भने संरक्षण गर्नु मुख्य चुनौति रहेको बताए । त्यसैले सञ्चार क्षेत्रमार्फत भाषको संरक्षण गर्न तालिम दिएको कुमालको भनाई छ ।
आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष सुजित हिराचनले आदिवासीको भाषा पुस्तान्तरण हुन नसक्दा लोप हुदै गएको बताए । रेडियो कार्यक्रमले भाषको दस्तावेज सुरक्षित हुनुका साथै समुदायका मानिसलाई पनि भाष संरक्षण सम्बन्धी चेतनाको स्तर वृद्धि हुने बताए ।
प्रशिक्षार्थीलाई रेडियोमा समाचार वाचन, रेडियो सम्बन्धी प्राविधिक ज्ञान, रेडियोमा कार्यक्रम सञ्चालन गर्ने तरिका, स्थलगत समाचार लेखन विषयमा तालिम गराईने छ । प्रशिक्षकको अनुसार प्रशिक्षार्थिले आफ्नो मातृमाषामा तौर तरिका सिक्ने आदिवासी जनजाति महासंघ प्रदेशका सचिव विमल भुजेलले बताए । उनका अनुसार तालिम पश्चात उत्पाधित जनशक्तिले मात्रृभाषामा नै रेडियो कार्यक्रम गर्ने छन् ।
रेडियो भाष कार्यक्रमका संयोजक विर्सना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा तमु ह्युल छों धिँ राष्ट्रिय गुरुङ परिषद नगर समितिका अध्यक्ष मनराज गुरुङ, वडा सदस्य भगवान पुन, वडा सदस्य कुलकुमार कुमाल लगायतको उपस्थिती रहेको थियो । तालिमको प्रशिक्षकमा राजन उपाध्याय, राजकुमार आले, शिवशंकर बानिया, अस्मिता खनाल र हरि खरेल रहने छन् । पुस २१ गतेदेखी २४ गतेसम्म सैद्धान्तिक ज्ञान र २५ गतेदेखी २७ गतेसम्ममा रेडियोमा नै प्राविधिक ज्ञान सम्बन्धी तालिम दिईने छ ।