दुलेगौंडा । बिहीबार विहान म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस सडकबाट ६५ फिट तल खोलामा खुस्दा बसमा सवारी ३२ जना घाईते भएका छन् ।
बिरगंन्जबाट पोखरा तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नं.को बस अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार घाईतेहरु मध्ये १ जनाको अवस्था गम्भिर, १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ ।
हाल सवारी चालक र सहचालक गण्डकी अस्पताल पोखरामा उपचारत अवस्थामा रहेका छन् । यसैरी घाईतेहरुमध्य १ जना मणिपाल शिक्षण अस्पतालमा र २९ जना जीपि कोईराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेको छ । हाल घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।