दुलेगौंडा । शुक्लागण्डकी जेसिसकाे २२ ओैं पद हस्तान्तरण एवम् पदस्थापना कार्यक्रम बुधबार दुलेगौंडा सम्पन्न भएको छ । बर्ष २०२३ का ईश्वर श्रेष्ठले बर्ष २०२४ का अध्यक्ष रमेश भट्टराई पदहस्तान्तरण गरेका हुन् ।
नेपाल जेसिज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पाेख्रेलले समाजकाे समस्या मलमपट्टी लगाउन जेसिसले महत्त्वपूर्ण सहयाेग पुर्याएकाे बताए । साथै यश कार्यलाई निरन्तरता दिन आग्रह समेत गरे ।
बर्ष २०२३ का अध्यक्ष श्रेष्ठले जेसिज मार्फत आफुले सिक्ने र सिकाउने अवसर प्राप्त गरेको बताए । साथै आफ्नो कार्यकाल पूर्ण गराउन सहयाेग गर्नुहुने सम्पूर्ण धन्यवाद व्यक्त गरे ।
२०२३ का जेसिज अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रम शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजु, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष राजाराम गाैतम, शुक्लागण्डकी जेसिजबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनुप सुनवार लगायतको उपस्थिति रहेको थियाे ।
शुक्लागण्डकीमा २००३ सालमा शुक्लागण्डकी जेसिजकाे स्थापना भएको थियाे । लेखनाथ जेसिजकाे मातृत्वबाट शुक्लागण्डकी जेसिजकाे जन्म भएको थियाे ।