दुलेगौंडा । केही समय अगाडीसम्म कछुवाको गतिमा मुग्लिन–पोखरा आयोजनाको पश्चिमी खण्डमा काम भएको थियो । पछिल्लो समय भने सडक विस्तार कार्यले गति लिन थालेको छ ।
४५ किलोमिटरको जामुने–पोखरा पश्चिम खण्डमा चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले कार्य गरिरहेको थियो । सडक विस्तार कार्य ढिला हुदाँ ठेक्का रद्द हुने स्थिती देखेपछि आयोजनाले गति लिन थालेको हो । हाल पश्चिमी क्षेत्रमा ४० वटा एक्साभेटर, १० वटा लोडर र ६ वटा ग्रेडरसहित करिब ४०० कामदार खटिएका छन् । ठेकेदार कम्पनीको उपाध्यक्ष आफैं नेपालमा छन् भने नेपाली सहित ६० जना इन्जिनियर फिल्डमा छन् ।
अहिले सबै सडक निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले नै गरिरहेको छ । यसअघि दुई वटा ठेकेदार कम्पनीलाई दिइएको पेटी ठेक्का तोडेर अहिले आफैं गरिएको कन्ट्रयाक्ट म्यानेजर फाङ इफाले बताए ।
हालसम्म पशिचमी खण्डको औषत उपलब्धी १४ प्रतिशत मात्र रहेको छ । पश्चिम खण्डका लागि २०७८ जेठमा ७ अर्ब ४० करोड ४६ लाखको ठेक्का सम्झौता गरेको यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले २०८१ साल भदौसम्म काम सक्नुपर्ने छ । आयोजनाले निर्धारीत समयमा काम गर्न सक्ने अवस्था भने देखिदैन ।