दुलेगौंडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर दुलेगौंडामा विराेध प्रदर्शन भएको छ ।
मन्त्री किराँतीले `क्रिश्चियनलाई मान्दिनँ भन्नु चाहिँ संविधान मान्दिनँ भन्नु हाे, संविधान नमान्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्दिने हो´ भन्ने अभिव्यक्तिलाई लिएर विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर समिति एवम् ॐ कार परिवारले उक्त विराेध कार्यक्रम गरेको हाे ।
स्वामी चिद्धन चैतन्यले खुला रूपमा सरकार पक्षले नै ॐकार परिवारमाथि हमला गरेको बताए । संस्कृति मन्त्री जस्तो जिम्मेवारपूर्ण व्यक्तिले दिएको यश अभिव्यक्तिले देशमा अशान्तिको अवस्था सिर्जना गरेको बताए ।
नगर समितिका अध्यक्ष नारायण पाेख्रेलकाे सभापतित्वमा सम्पन्न विराेध कार्यक्रम व्यास गुफाका प्रमुख संरक्षक दामाेदर बाबा, विश्व हिन्दु महासंघका केन्द्रीय सहअध्यक्ष शंकर खराल, विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइली लगायतले बाेलेका थियाे भने समितिका सहसचिव धर्मराज पाैडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।