दुलेगौंडा । त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट गर्न माग गर्दै शुक्लागण्डकी नगरपालिका–८ मा रहेको शहिद कृष्ण क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विरोध गरेको छ ।
स्ववियु त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरले परिक्षा नियन्त्रण कार्यालय बल्खु सुधारका लागि गरेको आन्दोलनमा नेपाल विद्यार्थी संघ तनहुँको परिपत्र अनुसार सहिद कृष्ण क्याम्पसले पनि ऐक्यबद्धता जनाउदै विरोध गरेको क्याम्पसका स्ववियु सभापति विष्णु अधिकारीले बताए ।
उनिहरुले उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट गर, दलिय भागवण्डाको अन्त्य गर, शिक्षाको दलियकरण अन्त्य गर, विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर, उपकुलपतीको परीचय दलको झण्डा नहोस, ज्ञानको पुन्ज होस, त्रिविलाई बचाउ भन्दै विरोध गरेका थिए ।