काठमाडौ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारी तनावग्रस्त अवस्था सिर्जना भएको छ ।
भिड नियन्त्रणका लागि प्रहरीले गाेलि चलाउदा एक व्यक्तिको मृत्युु भएको छ भने एक जनाकाे अवस्था चिन्ताजनक रहेको छ । मृत्युु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउत रहेकाे ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । उनका अनुसार राउतकाे उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको कार्कीले बताए । केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन भएको छैन् । हालसम्म ५४ जनालाई आन्दोलनकारीलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।