दुलेगौंडा । १५ औं जिल्ला स्तरिय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा शुक्लागण्डकी नागरपालिका द्धितीय भएको थियाे । प्रतियोगिता शुक्लागण्डकीलाई द्धितीय बनाउन सफल पदकधारी खेलाडी सहित सहभागी खेलाडीलाई नगरपालिकाले नगद सहित सम्मान गरेको हाे ।
शुक्लागण्डकीले ५ स्वर्ण , ३ रजत र ३ कास्य पदक साहित द्धितीय भएको थियाे ।
छात्र र छात्रा भलिबल प्रतियोगिता शुक्लागण्डकीले स्वर्ण पदक हात पारेको छ । भलिबलकाे व्यवस्थापकमा राष्ट्रिय भलिबल रेफ्री टुकबहादुर र किसान थापा रहेका थिए । यसैगरी ४०० मिटर छात्र तर्फकाे रिले दाैड, छात्रा तर्फकाे हाइजम्प, छात्रा तर्फकाे लङ्ग जम्पमा पनि शुक्लागण्डकीले स्वर्ण पदक हात पारेको थियाे ।
यसैगरी ८०० मिटर छात्र दाैड, छात्रा तर्फकाे सट पुट र १०० मिटरको छात्र दाैडमा शुक्लागण्डकीले रजत पदक हात पारेको छ । यसैगरी छात्रा तर्फकाे लङ्ग जम्प, सट पुट र १०० मिटर रिले दाैडमा नगरले कास्य पदक हात पारेको थियाे ।