• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

वन्केवामा भएको स्वास्थ्य शिविरमा ४७४ जनाको स्वास्थ्य परिक्षण

हरि खरेल by हरि खरेल
September 23, 2023
in स्थानीय समाचार
A A
0
वन्केवामा भएको स्वास्थ्य शिविरमा ४७४ जनाको स्वास्थ्य परिक्षण
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–३ बन्केवामा भएको वृहत स्वास्थ्य शिविरमा ४७४ जनाले निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गराएका छ । फेवासिटी हस्पिटल र अमर पाेलिक्लिनिककाे प्राविधिक सहयाेगमा शुक्लागण्डकी नगरपालिका ३ नम्बर वडा कार्यालयकाे आयाेजनामा स्वास्थ्य सुविधाको पहुँचबाट टाढा रहेका ग्रामिण भेगका जनातालाई लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको थियो ।


गाउँमा नै वडाले शिविर सञ्चालन गर्दा सामान्य परिक्षणको लागि बजारसम्म जानुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय विमलादेवि लम्सालले बताईन । ‘अब सामान्य उपचारको लागि बजार जान पर्थ्यो । पैसा पनि खर्च हुन्थ्यो । अब वडाले यही यस्तो सुविधा दिदा हामीलाई धेरै सहज भयो’ उनले भनिन ।

बन्केवामा नै जम्नेका डा. विक्रम बहादुर कार्कीले आफ्नै क्षेत्रको नागरिकको स्वास्थ्य परिक्षण गराउन पाउदा निकै खुसी लागेको बताए । यस क्षेत्रबाट धेरै डाक्टरहरु उत्पादन भएको हुदाँ आफुहरुले बर्षमा सके २ पटक नसके एक पटक मात्रै भएपनि शिविर सञ्चालन गर्ने बताए ।


ग्रामीण क्षेत्रमा शिविर सञ्चालन विरामीलाई थाहा नभएको रोग पत्ता लगाई समयमा नै समाधान गर्न सहयोग पुग्ने वरिष्ठ फिजिसियन डाक्टर बुद्धिबहादुर थापाले बताए । ‘शिविरमा आएर सुगर, प्रसर, भिडियो, इसिजि परिक्षण गर्दा कतिपएका थाहा नभएको रोग थाहा हुने हुन्छ । आज पनि कतिको मुटुरोग देखियो, कतिको मिर्गाैलामा पत्थरी देखियो । विरामीले थाहा नपाएका, रोगले धेरै समस्या नदेखिएको तर जाँच्ने क्रममा धेरै रोगहरु पत्ता लाग्ने हुदाँ यस्ता शिविर आवश्यक रहन्छ’ उनले भने ।

श्री नं. ३ बाहिनी अड्डाले पनि शिविरमा प्राविधिक सहयोगमा गरेको थियाे ।

ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्यको ख्याल नगर्दा सानो समस्याले ठूलो क्षेत्री हुने हुदाँ जनचेतना फैलाउन र नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच पु¥याउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष सचिन भुजेलले बताए । ‘गाउँका मानिस कतिलाई स्वास्थ्य सम्बन्धी जनचेतना नै छैन्, केही समस्या भन्न र देखाउन सर्म मान्ने हुन्छ । सामान्य रोग पनि ठूलो भएर भोलिका दिनमा ज्यानको समेत जोखिम हुन हुन्छ । त्यसैले वडामार्फत शिविर सञ्चालन गर्दा स्वास्थ्य सेवामा नागरिकको पहुँच पुग्ने हुदाँ हामीले शिविर सञ्चालन गरेका हौं’ उनले भने ।


शिविरमा वडा नं ३ सहित अन्य विभिन्न वडाबाट विरामीहरु स्वास्थ्य जाँचका लागि आएका थिए । पेट, मुटु, छाती, हाडजार्नी, नशा, बाल रोग, आँखा तथा छाला रोग, नाक, कान, घाँटी, स्त्री तथा प्रसुति रोग संग सम्बन्धित विभिन्न रोगहरुको जाँच गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको थियो । साथै, भिडियो एक्सरे, इसिजी र रगत जाँच समेत निशुल्क रुपमै गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै  शुक्लागण्डी नगरपालिकाका नगर  प्रमुख कृष्णराज पण्डितले आफुहरु नगरवासीको स्वास्थ्यप्रति सजक रहेको र यस्ता किसिममा स्वास्थ्य शिबिर बिशेष प्रभावकारी हुने  रहेको बताए । कार्यक्रममा नगर उप प्रमुख खुब बहादुर बिक, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडाध्यक्ष राजकुमार वाग्ले, दीर्घबहादुर थापा, बुद्धिबहादुर थापा, खड्ग सिं थापा मगर, राजेन्द्र क्षेत्री भट्टराई, कार्य समिति तथा वडा सदस्यहरु समेत सहभागी थिए । कार्यक्रमको संचालन वडा सचिव सुरज पौडेलले गरेका थिए भने वडा सदस्य, महिला स्वास्थ्य स्वंयमसेविका, टोल विकास संस्थाका पदाधिकारी तथा युवा क्लबका सदस्यहरु स्वयमसेवकको रुपमा खटिएका थिए । फेवासिटी हस्पिटल र अमर स्वास्थ्य पोलिक्निकको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको थियो । साथै, खैरेनीटारको नेपाली सेनाले मेडिकल टिमसहित अन्य व्यवस्थापनमा समेत सहयोग पुर्याएको थियो ।

Tags: health campबन्केवास्वास्थ्य सिबिर

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.