• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

वैशाख २९ भित्रै क्रसर हटाउन स्थानीयको अडान

हरि खरेल by हरि खरेल
March 27, 2022
in स्थानीय समाचार
A A
0
क्रसर हटाउन अग्रसर बन्दै स्थानीय
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका स्थानीयहरुले वैशाख २९ गते भित्रै क्रसर हटाउने निर्णय गरेका छन् । लामो समयदेखि धुलोका कारण आजित बनेका यहाँका स्थिानीयहरुले क्रसर व्यवसायीको सम्झैता अवछि सक्किएको हुदाँ क्रसर उद्योग हटाउन निर्णय गरेका हुन् ।

गत फागुन २५ गते स्थानीयहरुको भेलाले हलेदी क्षेत्रमा संञ्चालित दुई ठुला क्रसर उद्योग हटाउने निर्णय गरेको थियो । महालक्ष्मी र क्वालिटी क्रसर उद्योगमा बाहीरबाट कच्चा पदार्थ ल्याउन नपाउने तर भित्र रहेका कच्चा पर्दाथ बाहिर लान पाउने व्यवस्था सहित वैशाख २९ मा ठाउँ खालि गर्न स्थानीयहरुले निर्णय गरेका थिए । साथै भेलाले क्रसर उद्योगीको अवस्था निगरानि गर्न संघर्ष समिति समेत गठन गरि उद्योग हटाउने कार्यमा लागि परेको थियो ।

स्थानीयले निर्णय गरे पनि क्रसर व्यवसायिले अटेर गरेर पटक पटक कच्चा पर्दाथ ल्याउन थाल्यो पछि स्थानीय पनि पटक पटक आन्दोलित बन्न थाले । गत चैत ६ गते क्वालिटी क्रसरले स्थानीयको निर्णयलाई व्यवस्था गरेर पुनः कच्चा पर्दाथ ल्याएपछि स्थानीयहरु आन्दोलित बन्दै उक्त कच्चा पर्दा सहित करिब २५ ट्रक रोकेर राखेका थिए । त्यसपछि अवस्था बिग्रदै गएपछि चैत ९ गते स्थानीयसंग बस्न नसक्ने भन्दै प्रतिनिधिमुलक तरीकाले क्वालीटी क्रसरका संञ्चालक देवबहादुर ज्वारचन गगनगौंडा स्थित पावर हाउसको एक होटलमा वार्त गर्न राजि भए । वर्ताको क्रममा क्रसर संञ्चालक ज्वारचनले आफुहरु हट्न तयार भएको तर तीन बर्ष समय चाहीने माग गरेको स्थानीय हरिलाल रिमालले बताए । ज्वारचनले मागे गरेको समय सिमित व्यक्तिले मात्र निर्णग गरेर नहुने भएपछि पुनः टोलको भेलाले निर्णय गर्ने भन्दै वार्ता टोलि फर्किएका थिए ।

वार्ताको क्रममा हट्छु पनि भन्ने तर नगरपालिका लगायत समबन्धीत ठाउँमा धाउने प्रवृत्ति क्रसर संञ्चालक ज्वारचनले प्रस्तुत गरेको रिमालले बताए । ‘हामी वार्तामा जादाँ, म हट्छु । स्थानीयहरुको निर्णयलाई मैले मान्न पनि पर्छ भनेर भन्नु भयो । यस्ता बाचा त हामीलाई पटक पटक गर्नुभयो । हामी संग हट्छु भन्दै नगरपालिका लगायतका सम्बन्धीत ठाउँमा जानु हुदो रहेछ । हामीलाई पनि तीन बर्षको समय माग्नु भयो । उहाँले मुखले जान्छु भन्ने तर व्यवहारले त्यस्तो देखाउनु भएन । यसले गर्दा हामीले पुन टोल भेला गरेर निर्णय गर्ने भन्दै त्यहाँबाट निस्कियौं’ स्थानीय रिमालले बताए । रिमालका अनुसार सोही ठाउँमा संञ्चालीत महालक्ष्मी क्रसर प्रा.लिले पनि दुई बर्षसम्मको समय माग गरेको छ ।

क्रसर संञ्चालकले माग गरेको समयावधिलाई हेरफेर गर्न आईतबार हलेदीमा पुनः भेला भयो । भेलामा सबैले आफ्नो राय प्रस्तुत गर्दै जादाँ पहिलेकै निर्णयलाई स्वीकार गर्नुपर्दछ भन्दै स्थानीयहरुले अडान लिए । भेलामा बोल्दै स्थानीय गणेश तामाङ ‘यस्तो कुरा त उनले कति गरे गरे । अहिले तीन बर्ष भन्ने र पछि फेरी सकिएन भन्दै समय थप गर्ने षडेन्त्र हो । हामी उनको कुरामा अल्झिएर मात्रै पनि हुदैन । राम्रोसंग काम गर्ने हो भने देबबहादुरलाई क्रसर हटाउन दुई महिना पनि धेरै हुन्छ । त्यसैले समय थप गर्नु हुदैन’ भन्दै अभिव्यक्ति दिए ।

भेलाकै क्रममा स्थानीय एक महिलाले तीन बर्ष होईन तीन महिना मात्रै समय थप गर्नुपर्ने बताईन् । ‘स्थानीयको कुरालाई उनले मान्नै पर्छ । उनको लागि तीन बर्ष होईन तीन महिना मात्र दिने हो समय । धेरै समय दिएर केही हुन्न । हामीले कति खाने होर र धुलो’ उनले प्रश्न गर्दै भनिन् । भेलामा कसैले ६ महिना, कसैले एक बर्ष, कसैले डेढ बर्ष, कसैले दुई बर्ष भन्दै समयावधिको बिषयमा छलफल भयो । करिब ३ घण्टा सम्मको छलफल पछि भेलाले आफुहरुले गरेको निर्णयबाट पछि नहट्ने भन्दै वैशाख २९ भित्रमै क्रसर उद्योग हटाउने निर्णय गरेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.