• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

दुर्घटनाको १५ दिनसम्म पनि पत्ता लागेन दोषि

हरि खरेल by हरि खरेल
January 21, 2022
in स्थानीय समाचार
A A
0
दुर्घटनाको १५ दिनसम्म पनि पत्ता लागेन दोषि
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । सवारी दुर्घटनापछि फरार रहेको दोषिलाई प्रहरीले कारबाहीको दायरामा ल्याउछ भन्ने आश पिडित पक्षलाई हुन्छ । तर, दुर्घटनापछि लामो समयसम्म पनि प्रहरीको अनुसन्धानमा ढिलाइ हुदाँ पिडित पक्षमा आक्रोशको पैदा हुन्छ नै । यस्तै घटना भएको छ तनहुँमा । १५ दिन अगाडी अर्थात २३ पुसमा भएको सवारी दुर्घटनाको दोषिलाई प्रहरीले पत्ता लगाउन नसक्दा पिडित पक्ष आक्रोशित छन् ।

राती ११ बजेको आसपासमा घर फर्कने क्रममा पृथ्वी राजमार्गको बेलचौतारा स्थित ब्राईटचोकमा शुक्लागण्डकी–७ का ३१ बर्षीय स्कुटर चालक शंकर शर्मालाई एक सवारीले ठक्कर दिएर भागेको थियो । शर्मा सवार ग १३ प ५०६७ नम्बरको स्कुटरलाई ठक्कर दिने सवारी र चालकको प्रहरीले १५ दिनसम्म पनि पत्ता लगाउन सकेको छैन् । शुक्रबार पिडीत पक्षले ईलाका प्रहरी कार्यालय बेलचौतारामा अनुसन्धानको बिषय बुझ्न पुगे । उनीहरुले छिटो दोषिलाई पत्ता लगाएर कारवाही गर्नुपर्ने आवाज उठाए ।

दुर्घटना गराउने समयमा बेलचौतारा स्थित प्रहरी चौकी अगाडी सिसि क्यामेरामा देखिएको शंकाको दायरामा रहेको ट्रक
दुर्घटना गराउने समयमा बेलचौतारा स्थित प्रहरी चौकी अगाडी सिसि क्यामेरामा देखिएको शंकाको दायरामा रहेको ट्रक

घाईते शंकरकी आमा बसुन्धरा शर्माले घटना भएपछि प्रहरीले समयमा नै अनुसन्धान सुरु नगरेको कारण दोषि पत्ता लगाउन ढिलाई भएको बताईन् । ‘घटना भएपछि तत्कालै कोत्रेमा फलो गर्नु सक्नुहुन्थ्यो । थर्पुमा फलो गर्न सक्नुहुन्थ्यो । दमौली गर्न सक्नुहुन्थ्यो । डाँडाकोनाकमा पनि भन्न सक्नुहुन्थ्यो होला । तर उहाँहरुको ढिलासुस्ति भयो । कमिकमजोरी नि धेरै नै भयो’, उनले भनिन्, ‘प्रहरीले मेरो छोरालाई हस्पिटल पनि लानु भयो । उहाँहरुले उद्धार पनि गर्नु भयो यसमा नराम्रो भयो म भन्दिन । तर पनि उहाँहरुले अलिकति पहल गर्न भने नसक्नु भएकै हो । कुनै दबाबमा पर्नु भयो कि उहाँहरुको भित्री आत्मा के छ हामीले बुझ्ने कुरा नि भएन ।’

दुर्घटनामा परिको शर्माको स्कुटर

दुर्घटनामा संग्लन सवारी र चालकको अवस्था पत्ता लागे नलागेको बुझ्न तीन÷चार पटक सम्म प्रहरी कार्यलय धाए पनि कुनै जानकारी प्राप्त नभएको घाईतेका बुबा शेखर शर्माले बताए । शुक्रबार टोल विकास, नागरिक समाज, वडाध्यक्ष, राजनैतिक दलहरुलाई बोलाएर जानकारी लिन खोजे पनि प्रहरीले खुलेर जवाफ नदिएको उनले बताए । ‘दुर्घटना हुने बित्तिकै चेक पोईन्टमा फोन गरेको भए ठक्कर दिने गाडी बाहिर उम्किनै पाउदैनथ्यो । यसमा प्रहरीले ढिलाई ग¥यो । दोस्रो कुरा, घाईतेको किन मोबाईल लिन पथ्र्याे । फोन गर्छु मेरो साथिलाई, निकासिमा मेरो दुई जना साथि छन् भन्दा प्रहरीले हातको मोबाईल समेत खोसेर राख्नुभएछ’, छोराको भनाईलाई उदृत गर्दै उनले भने ।

यता ईलाका प्रहरी कार्यलय बेलचौताराका प्रहरी प्रमुख प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले घटना भएको ५/७ मिनेट भित्रै प्रहरी घटना स्थलमा पुगेर घाईतेलाई अस्पताल सम्म पु¥याएको बताए । उनले कस्तो सवारीले ठक्क्र दिएको हो भन्ने यकिन नहुदाँ तत्काल फलोअप गर्नुे कुरामा प्रहरीको कमजोरी स्विकारे । ‘सुरुमा खबर आउदाँ कस्तो सवारीले ठक्कर दियो । कसरी दुर्घटना हुन पुग्यो भन्ने बिषयमा घाईतेले पनि भन्न नसक्ने अवस्था थियो । त्यहाँ रहेका अरु मान्छेले पनि केही भन्न सक्नु भएन । यस्तो भएपछि तत्काल गाडी रोक्ने कुरामा चाही कम्जोरी भएको हो’, उनले भने ।

शुक्रबार टोल विकास, नागरिक समाज, वडाध्यक्ष, राजनैतिक दलहरुलाई बोलाएर अनुसन्धानको बिषयमा बुझ्नका लागि ईलाका प्रहरी कार्यालय बेलचौतारामा भेला भएको दृष्य

दुर्घटना भएपछि प्रहरीले सिसि क्यामेरा हेर्दा ट्रक हो भन्ने आशंका गरिएको उनले बताए । दुर्घटना गराउने सवारीले फोर्स लाईट बाल्दा कति नम्बरको सवारी साधन हो भनेर कहीँ पनि थाहा पाउन नदेखिएको खड्काले बताए । प्रहरीले घटनाको बिषय अनुसन्धानको क्रममा रहेको र कुनै दबाब प्रलोभनमा नपरेको उनको प्रस्टोक्ति छ । ‘अनुसन्धानमा हामी ईमान्दार पूर्वक लाग्ने हो । अनुसन्धानको बिषय भनेको आजै, एक घण्टैमा, भन्ने हुदैन । गर्दै जादाँ दिन, हप्ता, महिना, बर्ष पनि लाग्न सक्छ । ढिलो चाडो तथ्य बाहीर निस्कन्छ’, उनले भने । अहिले प्रहरीले घटनाको समयमा चेक पोष्टमा भएको डाटा इन्ट्रि संकलन गरी अनुसन्धानलाई तिब्रता दिएको प्रहरीले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.