• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

दुर्घटनाको १५ दिनसम्म पनि पत्ता लागेन दोषि

हरि खरेल हरि खरेल
January 21, 2022
- स्थानीय समाचार
A A
0
दुर्घटनाको १५ दिनसम्म पनि पत्ता लागेन दोषि
Share on FacebookShare on TwitterEmail this

बेलचौतारा । सवारी दुर्घटनापछि फरार रहेको दोषिलाई प्रहरीले कारबाहीको दायरामा ल्याउछ भन्ने आश पिडित पक्षलाई हुन्छ । तर, दुर्घटनापछि लामो समयसम्म पनि प्रहरीको अनुसन्धानमा ढिलाइ हुदाँ पिडित पक्षमा आक्रोशको पैदा हुन्छ नै । यस्तै घटना भएको छ तनहुँमा । १५ दिन अगाडी अर्थात २३ पुसमा भएको सवारी दुर्घटनाको दोषिलाई प्रहरीले पत्ता लगाउन नसक्दा पिडित पक्ष आक्रोशित छन् ।

राती ११ बजेको आसपासमा घर फर्कने क्रममा पृथ्वी राजमार्गको बेलचौतारा स्थित ब्राईटचोकमा शुक्लागण्डकी–७ का ३१ बर्षीय स्कुटर चालक शंकर शर्मालाई एक सवारीले ठक्कर दिएर भागेको थियो । शर्मा सवार ग १३ प ५०६७ नम्बरको स्कुटरलाई ठक्कर दिने सवारी र चालकको प्रहरीले १५ दिनसम्म पनि पत्ता लगाउन सकेको छैन् । शुक्रबार पिडीत पक्षले ईलाका प्रहरी कार्यालय बेलचौतारामा अनुसन्धानको बिषय बुझ्न पुगे । उनीहरुले छिटो दोषिलाई पत्ता लगाएर कारवाही गर्नुपर्ने आवाज उठाए ।

दुर्घटना गराउने समयमा बेलचौतारा स्थित प्रहरी चौकी अगाडी सिसि क्यामेरामा देखिएको शंकाको दायरामा रहेको ट्रक
दुर्घटना गराउने समयमा बेलचौतारा स्थित प्रहरी चौकी अगाडी सिसि क्यामेरामा देखिएको शंकाको दायरामा रहेको ट्रक

घाईते शंकरकी आमा बसुन्धरा शर्माले घटना भएपछि प्रहरीले समयमा नै अनुसन्धान सुरु नगरेको कारण दोषि पत्ता लगाउन ढिलाई भएको बताईन् । ‘घटना भएपछि तत्कालै कोत्रेमा फलो गर्नु सक्नुहुन्थ्यो । थर्पुमा फलो गर्न सक्नुहुन्थ्यो । दमौली गर्न सक्नुहुन्थ्यो । डाँडाकोनाकमा पनि भन्न सक्नुहुन्थ्यो होला । तर उहाँहरुको ढिलासुस्ति भयो । कमिकमजोरी नि धेरै नै भयो’, उनले भनिन्, ‘प्रहरीले मेरो छोरालाई हस्पिटल पनि लानु भयो । उहाँहरुले उद्धार पनि गर्नु भयो यसमा नराम्रो भयो म भन्दिन । तर पनि उहाँहरुले अलिकति पहल गर्न भने नसक्नु भएकै हो । कुनै दबाबमा पर्नु भयो कि उहाँहरुको भित्री आत्मा के छ हामीले बुझ्ने कुरा नि भएन ।’

दुर्घटनामा परिको शर्माको स्कुटर

दुर्घटनामा संग्लन सवारी र चालकको अवस्था पत्ता लागे नलागेको बुझ्न तीन÷चार पटक सम्म प्रहरी कार्यलय धाए पनि कुनै जानकारी प्राप्त नभएको घाईतेका बुबा शेखर शर्माले बताए । शुक्रबार टोल विकास, नागरिक समाज, वडाध्यक्ष, राजनैतिक दलहरुलाई बोलाएर जानकारी लिन खोजे पनि प्रहरीले खुलेर जवाफ नदिएको उनले बताए । ‘दुर्घटना हुने बित्तिकै चेक पोईन्टमा फोन गरेको भए ठक्कर दिने गाडी बाहिर उम्किनै पाउदैनथ्यो । यसमा प्रहरीले ढिलाई ग¥यो । दोस्रो कुरा, घाईतेको किन मोबाईल लिन पथ्र्याे । फोन गर्छु मेरो साथिलाई, निकासिमा मेरो दुई जना साथि छन् भन्दा प्रहरीले हातको मोबाईल समेत खोसेर राख्नुभएछ’, छोराको भनाईलाई उदृत गर्दै उनले भने ।

यता ईलाका प्रहरी कार्यलय बेलचौताराका प्रहरी प्रमुख प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले घटना भएको ५/७ मिनेट भित्रै प्रहरी घटना स्थलमा पुगेर घाईतेलाई अस्पताल सम्म पु¥याएको बताए । उनले कस्तो सवारीले ठक्क्र दिएको हो भन्ने यकिन नहुदाँ तत्काल फलोअप गर्नुे कुरामा प्रहरीको कमजोरी स्विकारे । ‘सुरुमा खबर आउदाँ कस्तो सवारीले ठक्कर दियो । कसरी दुर्घटना हुन पुग्यो भन्ने बिषयमा घाईतेले पनि भन्न नसक्ने अवस्था थियो । त्यहाँ रहेका अरु मान्छेले पनि केही भन्न सक्नु भएन । यस्तो भएपछि तत्काल गाडी रोक्ने कुरामा चाही कम्जोरी भएको हो’, उनले भने ।

शुक्रबार टोल विकास, नागरिक समाज, वडाध्यक्ष, राजनैतिक दलहरुलाई बोलाएर अनुसन्धानको बिषयमा बुझ्नका लागि ईलाका प्रहरी कार्यालय बेलचौतारामा भेला भएको दृष्य

दुर्घटना भएपछि प्रहरीले सिसि क्यामेरा हेर्दा ट्रक हो भन्ने आशंका गरिएको उनले बताए । दुर्घटना गराउने सवारीले फोर्स लाईट बाल्दा कति नम्बरको सवारी साधन हो भनेर कहीँ पनि थाहा पाउन नदेखिएको खड्काले बताए । प्रहरीले घटनाको बिषय अनुसन्धानको क्रममा रहेको र कुनै दबाब प्रलोभनमा नपरेको उनको प्रस्टोक्ति छ । ‘अनुसन्धानमा हामी ईमान्दार पूर्वक लाग्ने हो । अनुसन्धानको बिषय भनेको आजै, एक घण्टैमा, भन्ने हुदैन । गर्दै जादाँ दिन, हप्ता, महिना, बर्ष पनि लाग्न सक्छ । ढिलो चाडो तथ्य बाहीर निस्कन्छ’, उनले भने । अहिले प्रहरीले घटनाको समयमा चेक पोष्टमा भएको डाटा इन्ट्रि संकलन गरी अनुसन्धानलाई तिब्रता दिएको प्रहरीले जनाएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.