• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन

सम्पादक सम्पादक
October 29, 2021
- स्थानीय समाचार
A A
0
आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन
Share on FacebookShare on TwitterEmail this

खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलास्थित सिसौघारीमा नवनिर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । शुक्रबार शुक्लागण्डकी नगरपालिका उपमेयर सविता रसाइलीले भवनको उद्घाटन गरेकी हुन् । स्वास्थ्य सेवा केन्द्रले विगतमा भाडाको भवनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको थियो । गत भाद्र २५ गतेबाट भवन प्रयोगमा आइसकेको भएपनि शुक्रबार औपचारिक उद्घाटन गरिएको हो ।

भवनको उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर रसाइलीले स्वास्थ्य केन्द्रको संरक्षण एवं विकासमा स्थानीय जनताको बढी चासो हुनुपर्नेमा जोड दिईन् । साथै उक्त स्वास्थ्य केन्द्र स्थानीयहरुको लागि सहज रुपमा आधारभुत स्वास्थ्य सुविधा लिने स्थल बनेको बताईन् । उनका अनुसार भौगोलिक हिसाबले स्वास्थ्य केन्द्र वडाको केन्द्रविन्दुमा भएपनि अलि एकान्त स्थानमा भएकाले वडावासीको सहज पहुँचका लागि प्रयासरत रहने छ ।

वडाध्यक्ष रामबहादुर क्षेत्री थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य विष्णुमाया ढकाल, वडा सदस्य गिरबहादुर थापा, नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका सदस्य बिमल जि.सी भुजेल, नेपाली काँग्रेस ७ नं वडा समितिका सभापति इश्वर शर्मा, सरस्वती नमुना विद्यालयका प्रधानाध्यापक नारायण पौडेल, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य सुजित हिराचन, महिला स्वास्थ्य स्वयमसेविका सुर्यदेवी भट्टराई ,तल्लो भोटेपानी टोल विकास संस्थाका अध्यक्ष पितम थापा मगर, समाज सुधार आमा समुहकी संस्थापक सचिव लक्ष्मी घिमिरे, स्वास्थ्य केन्द्रका प्रमुख मनिष श्रेष्ठ,वडा सचिव महेन्द्र घिमिरे लगायतले बोलेका थिए । सो अवसरमा वडाभित्र रहेका विद्यालयहरुलाई प्राथमिक उपचारका लागि आवश्यक औषधीसहितको बक्स हस्तान्तरण गरिएको थियो । नगरपालिकाको वडा नं २, ५, ६, ८ र ९ मा स्वास्थ्य केन्द्र भवन निमार्ण सम्पन्न भई सेवा दिइरहेको छ भने वडा नं १० मा जग्गा अभावमा भवन निर्माण हुन सकेको छैन ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.