• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

सुनिताको उपचारको लागि पलायो आशा

युवा समुहद्वारा आर्थिक सहयोग

सम्पादक सम्पादक
October 29, 2021
- स्थानीय समाचार
A A
0
सुनिताको उपचारको लागि पलायो आशा
Share on FacebookShare on TwitterEmail this

हरि खरेल/दुलेगौँडा । गत बर्ष असार ११ गते टाटा सुमोको ठक्करबाट घाईते भएकी सुनिता थारु उपचार नपाएर घरमै बस्न बाध्य छिन् । बर्दिया जिल्लाको न्याउलापुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बस्दै आएकी थारुलाई ठक्कर दिने सवारी पक्षबाट पनि पर्याप्त उपचार खर्च नदिएपछि विस्तारामा थलिएकी छन् ।

घाईते भएपछि थारुको उपचारको लागि सुरुमा फेवा सिटी हस्पिटल पोखरा लगिएको थियो । हस्पिटलको सामान्य उपचारपछि भने उनिलाई काठमाण्डौं स्थित ट्रमा सेन्टर लगियो । काठमाडौंमा उपचार गर्दा आर्थिक अवस्था कमजोर रहेकै कारण दुई महिनापछि पुरा उपचार हुन नपाई थारुलाई दुलेगौंडास्थित डेरामा फिर्ता ल्याएको श्रीमान भागिरामले बताए ।

दैनिक ज्याला मजदुरी गरेर आफुले कमाएर घरखर्च चलाउन ठिक्क हुने र श्रीमतिको सामान्य प्राथमिक उपचारमै खर्च हुने गरेको उनले सुनाए । थारुका अनुसार समयमै उपचार गर्न नसक्दा कम्मरको घाउ बढेर ढेड ईन्च भन्दा बढी गहिरो भईसकेको छ । ‘उपचार गर्न पाए त सन्चो हुन्थ्यो । पैसा छैन, सबैभन्दा ठुलो समस्या त्यही हो’, थारुले भने ।

उपचार नपाएर घरकै विस्तरामा थला परेकी थारुको दयनिय अवस्था देखेर युवाहरुको समूहद्वारा उपचारमा सघाउन शुक्रबार एक लाख रुपैयाँ सहयोग गरिएको छ । वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका तनहुँका युवा करिमबक्स मियाँको पहलमा संकलन गरिएको दुई लाख रुपैयाँ मध्यबाट शुक्रबार भागिरामलाई उपाचरमा सघाउन अभियान चलाईरहेका युवा शंकर पन्त्को समुहले एक लाख रुपैयाँ हस्तानतरण गरेको हो । पन्तका अनुसार शनिबार थारुको उपचारका लागी काठमाडौँस्थित ट्रमा सेन्टरमा लैजाने प्रबन्ध मिलाईएको छ । उपचार गर्दै जादा उक्त रकम सकिएपछि फेरी बाँकी एक लाख रुपैयाँ दिईनेछ । ‘त्यो रकमले पनि नपुगे हामीले पनि आर्थिक संकलन गर्नेछौँ । कम्तीमा पनि घाउ निको बनाएर ह्विलचियरमा बस्न सक्ने बनाउनेछौँ’, उनले भने । थारुलाई स्पाईनल इञ्जुरीको पनि समस्या छ । उपचार सम्भव भएको खण्डमा यसका लागी पनि पहल गरिने जनाईएको छ ।

हेर्नुहोस वास्तविक भिडियो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.