दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले लिएको आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा नगरकाे ५ विद्यालयकाे नतिजा शतप्रतिशत रहेकाे छ । जहाँ सामुदायिकतर्फ ३ विद्यालय र संस्थागततर्फ २ विद्यालय रहेकाे छ ।
सामुुदायिकतर्फ वडा नंं. ७ खैरेनीटास्थित सरस्वती नमुना माध्यमिक विद्यालय, वडा नंं २ नर्सरीस्थित श्रमिक आधारभूत विद्यालय नर्सरी र वडा नं. १२ प्यूरीदोभान स्थित जनशिशुकल्याण आधारभूत विद्यालयबाट सहभागी सबै विद्यार्थी शतप्रतिशत उर्तीण भएको शिक्षा शाखाका अधिकृत सुशील नरालले जानकारी दिए ।
साथै संस्थागत विद्यालयतर्फ नगरकाे वडा नंं ६ खैरेनीटारस्थित माउण्ट अन्नपूर्ण एकेडेमी र वडा नंं ५ सेराटारस्थित ज्ञान बगैंचा इङलिस् बोर्डिङ स्कुलबाट सहभागी सबै विद्यार्थी सफल भएकाे शिक्षा अधिकृत नरालले बताए ।
सरस्वती नमुना माविका २३, श्रमिक आधारभूतका ८, जनशिशुुकल्याण आधारभूतका ४, ज्ञान बगैंचाका ४५ र माउण्ट अन्नपूर्णका ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए । चापागाईका अनुसार परीक्षामा ३३ विद्यालयका एक हजार ११३ जना परीक्षार्थी सहभागी भएकामा ८८५ जना उत्तीर्ण भएका छन् ।
परिक्षामा १० केन्द्रबाट ३३ विद्यालयका १ हजार १ सय २५ विद्यार्थी सहभागि थिए । सामुदायिकतर्फ ६ सय ८२ र संस्थागततर्फका ४ सय ४३ विद्यार्थी सहभागी थिए । नगरपालिकाले आफै प्रश्नपत्र तयार गरि विषय विज्ञमार्फत उत्तरपुस्तिकाको परिक्षण गराएको थियो । सिकाई उपलब्धि स्तरको पहिचानका साथै विद्यार्थी, विद्यालय र शिक्षकको कार्यक्षमतास्तर पत्ता लगाउन यसले सहयोग पुग्ने विश्वास गरिएको छ । साथै परिक्षामा एकरुपता कायम गर्ने र शैक्षिक गुणस्तर सुधारकालागि शैक्षिक सुचक प्राप्त गर्न पनि यस परिक्षाले सहयोग पुग्ने विश्वास गरिएको छ ।