• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २९
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्लागण्डकी–८ मा आ.व २०८०/८१ को योजना तर्जुमा सम्पन्न

हरि खरेल by हरि खरेल
May 22, 2023
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–८ मा आ.व २०८०/८१ को लागि वडा स्तरीय योजना तर्जुमा भेला सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिका–८ को लागि नगरपालिकाबाट बिनियोजित ८१ लाख ७० हजारको बजेट कार्यान्वयनको लागि विभिन्न स्थानबाट माग भै आएका वडा स्तरीय योजनाको आधारमा रही तर्जुमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाको प्रतिनिधि जनस्वास्थ्य निरिक्षक अधिकृत ढाल बहादुर थापा, नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगरपालिका वडा नं ८ का सभापती विपिन्द्र सेन ठकुरी, ने।क।पा एमाले वडा नं ८ का अध्यक्ष मोहन पौडेल, ने।क।पा माओबादी केन्द्र चिरञ्जीवी सिग्देल, राष्टिय स्वतन्त्र पार्टी का सभापती जयराम लम्साल, बुद्ध टोल बिकास सस्थाका अध्यक्ष क्या। दिपक क्षेत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रममा वडा सदस्य अशोक महतले स्वागत मन्तव्य र कार्यक्रमको सन्चालन वडा सचिव सुनिता पोख्रेलले गर्नुभएको थियो ।

शुक्लागण्डकी नगरपालिका वडा नं ८ का इन्जिनियर राजन गुरुङले आ।व २०७९/८० को बजेटको कार्यान्यनको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । चालू आ.व २०७९र८० मा वडा स्तरीय, नगर स्तरीय, नगर साझेदारी, संघ, प्रदेश स्तरीय योजना गरि ९० प्रतिशत काम सम्पन्न भै सकेको छ ।

शुक्लागण्डकी–८ मा आ.व २०८०/८१ को योजना तर्जुमा सम्पन्न कार्यक्रममा आ।व २०७९र८० मा विभिन्न शिर्षकमा उत्कृष्ट काम गर्ने उपभोक्ता समितीलाई सम्मान गरिएको छ । जस अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने लालिम कृयापुत्री भवन निर्माण समितीका अध्यक्ष रमेश महत, पहिलो योजना सम्पन्न गरि भुक्तानी लिने पुन मगर समाज, सबै भन्दा ठुलो योजना सम्पन्न गर्ने घोर्मे नवीन टोल बिकास सस्था, बढी जनसहभागीता बाट काम सम्पन्न गर्ने मदानेपागो सातविसे मलाय बाधकुलो निर्माण समिती र ढोरवाराही नेवा पुच सेवा कोश र आफ्नै सकृयतामा स्पिड ब्रेकर हटाउने मुस्ताङ नयाँ बस्ती टोल बिकास सस्था लगायतलाई सम्मान गरिएको छ ।

वडा अध्यक्ष नारायण सिह थापाले तर्जुमा भेलामा सहभागीहरुबाट आएका जिज्ञासाको बारेमा सम्बोधन गर्नुभएको थियो, जस अन्तर्गत हाल सम्म संचालित र सन्चालन हुन नसकेका योजनाहरुको कार्यान्वयनको पक्ष लगायत र यसका सवल र दुर्लभ पक्षहरुको बारेमा प्रकाश पार्नुभएको थियो । अध्यक्ष थापाको अनुसार आ।व २०८०/८१ को बजेट निर्माणको लागि बिषय बिज्ञ, टोल बिकास सस्था र सर्वदलिय बैठक राखी सबैको सल्लाह सुझाव बमोजिम बजेट तय गर्ने जानकारी गराउनुभयो ।

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष नारायण सिह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक ढाल बहादुर थापाले कार्यक्रमको औचित्य औलाउदै बजेट सिमा, बजेट कार्यान्वयनको आधार, योजना तथा कार्यक्रम निर्धारणको आधार लगायतका बिषयमा प्रकाश पार्नुभएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.