• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home विचार

आजको आवश्यकता: अभिभावक शिक्षा

सम्पादक by सम्पादक
January 26, 2023
in विचार
A A
0
आजको आवश्यकता: अभिभावक शिक्षा
Share on FacebookShare on TwitterEmail this

आज बसन्तपन्चमी, सरस्वती पुजा तथा श्रीपन्चमी आजको दिन हाम्रो समाजमा धेरै महत्त्वपूर्ण दिनको रुपमा लिईन्छ । सिकाईको लागी बालबालिकालाई अक्षरारम्भ गर्ने दिन भएकोले पनि आज हाम्रा कलिला बाबुनानिहरुलाई औपचारिक रुपमा कलम कपि थमाउने दिनको रुपमा लिने गरिन्छ । बालबालिकालाई प्रत्यक्ष शिक्षण सिकाईमा सुरुवात गर्ने दिन भएको कारण यस दिनको महत्त्व हाम्रो समाजमा अझ बिशेष हुदै आएको छ । सरस्वती पुजाको यो बिशेष दिनको अवसरमा केहि फरक, हाम्रो शिक्षण सिकाईमा प्राथमिकतामा नपरेको तर अति महत्वपूर्ण सन्दर्भ जोड्न गैरहेको छु ।

हाम्रो घर बालबालिकाको लागी प्रथम बिद्यालय हो अनि हाम्रा अभिभाबक पहिलो शिक्षक; यी दुई कुराले बालबालिकाको शिक्षण सिकाईमा अभिभावकको भूमिकाको आवश्यकता कति हुन्छ भन्ने तथ्यलाई स्पष्ट पारेको छ । अभिभावकको भूमिकाकोको आवश्यकता र भूमिका हाम्रो समाजले कसरी बुझेको छ र औपचारिक शिक्षण सिकाईमा अभिभाबकको भूमिकालाई कति प्राथमिकता दिईएको छ त? आजको मुख्य सन्दर्भ यसै वरपर रहेर केहि कुराहरु राख्ने प्रयास गरेको छु ।

अभिभावक शिक्षाको अर्थ र आवश्यकता: 

सामान्यतया अभिभावक भन्ने बित्तिक्कै विद्यालय पढ्न जाने विद्यार्थीहरुका आमा, बुवालगायत अन्य नातेदार जसले सम्बन्धित छात्रछात्राको अभिभावकत्व निर्वाह गरिरहेका व्यक्ति भन्ने बुझाईलाई थप व्यापकता र गहिराईमा बुझ्नसमेत आवश्यक छ । समुदायका प्रत्येक व्यक्ति, नागरिक नै अभिभावक हुन् जसको छोराछोरी, भाइ, बहिनीलगायत कोही न कोही विद्यालयमा पढ्न गएको हुन्छ नै । त्यसैले सम्पूर्ण नागरिकलाई अभिभावक भन्न सकिन्छ ।  अभिभावक शिक्षाले कुनै व्यक्तिमा अभिभावकत्व निर्वाह गर्नेसम्बन्धी सीपको विकास गर्दछ । अभिभावकलाई आवश्यक ज्ञान तथा शिक्षा दिई बालबालिकाहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउन दिइने शिक्षालाई अभिभावक शिक्षा भन्न सकिन्छ ।

अभिभावक अशिक्षित भइदिँदा बालबालिकाहरूको उमेरजन्य परिवर्तन र त्यसले सिकाइमा पार्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा उनीहरू अनभिज्ञ हुन पुग्छन् । यस्तो अवस्थामा बालबालिकाहरूले पाउनु पर्ने उचित सल्लाह एवम् मार्गदर्शन पनि पाउन सक्दैनन् । यस अर्थमा अभिभावकलाई पनि समयानुसारको शिक्षा प्रदान गर्दै जान आवश्यक देखिन्छ।

अभिभावक शिक्षित भए भने मात्र परिवारका सबै सदस्यहरूले समुचित रूपमा शिक्षाको अवसर प्राप्त गर्न सक्छन् भन्ने मान्यताका आधारमा अभिभावक शिक्षाको अवधारणा आएको हो । बालबालिकाहरूको स्वास्थ्य, शिक्षा एवम् वैयक्तिक रुचि तथा चाहनाहरूलाई सही ढङ्गले पहिचान गरी उनीहरूलाई सही मार्गदर्शन दिन अभिभावक स्वयम् शिक्षित एवम् सचेत हुन आवश्यक हुन्छ भन्ने अवधारणाको पृष्ठभूमिमा अभिभावकलाई बालबालिकासम्बन्धी ज्ञान दिन उपयोग गरिने शिक्षा अभिभावक शिक्षा हो ।

बदलिएको समय परिस्थितिमा अभिभावकको दायित्व र व्यवहार पनि परिवर्तन हुन आवश्यक छ । यसैलाई ख्याल गरेर अभिभावकसमेतलाई पढाउनुपर्ने आवश्यकता हाल विद्यालयले महशुस गरेर अभिभावक शिक्षा कार्यक्रम नै गर्दै आइरहेका छन् । तर सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । हाम्रा बिद्यालयहरुले समय समयमा अभिभावक भेला पारेको देखेर छौ तर  उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने भन्ने बारे उनीहरूसँग छलफल गर्न सके अभिभावकहरूको समय र शक्तिको सही उपयोग गर्न सकिन्छ । अभिभावक शिक्षाको नाममा अभिभावक भेला पार्ने कामलाई निरुत्साहित गरी विद्यालयले आफू अनूकुल अभिभावक शिक्षाको योजना बनाइ कार्यक्रम गर्न पर्छ । उनीहरूलाई के पढाउनुपर्छ भन्ने विषयमा पनि विद्यालय जानकार हुनुपर्छ । यसका लागि विज्ञहरू बोलाउन सकिन्छ, असल र उदाहरणीय अभिभावकहरूकै कुरा पनि अरु अभिभावकसँग बाँड्न सकिन्छ । यो काम बिद्यालय ब्यबस्थापन समिति,  अभिभावक संघ वा विद्यालय मात्रको नभइ सरकार, स्थानीय पालिकाको पनि भएको हुँदा स्थानीय तहले अब शिक्षण सिकाईमा अभिभावकको भूमिका वृद्धि गरी अपेक्षित उपलब्धि हासिल गर्नका लागी बजेट बिनियोजन गरी बार्षिक कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउनु जरुरी छ ।

बढ्दो व्यवसायीक प्रतिश्पर्धा तथा सामाजिक सञ्जालको प्रयोगले अजकाल अभिभावकहरुको व्यस्थता असाध्यै धेरै भएको महशु हामी सबैले गर्न सक्छौ । आमाबुबाहरु टेलिभिजनका सिलियर तथा मोवाईलमा धेरै समय दिई आफ्नो बालबच्चालाई कम समय दिएको उदारहणहरु थुप्रै देखिन्छ । जसले गर्दा छोरा छोरीको दैनिक तथा प्रगतिको बारेमा धेरै आमा बुबाहरु अनविज्ञ रहने गरेको समेत पाईएको छ । विद्यालय शिक्षालाईनै सबै थोक ठानी अभिभावकहरुले आफ्नो व्यस्तताका विच छोराछोरीको शैक्षिक तथा अन्य कृयाकलापमा कम चाँसो राखेका कारण उनिहरुमा मनोबैज्ञानिक असर समेत परेको पाईएको छ । जसले उनिहरुको शैक्षिक विकासमा नकारात्कम असर पर्न सक्दछ । त्यसकारण हरेक अभिभावकले आफ्नो बालबच्चाको शैक्षिक एवं अन्य दैनिक क्रियाकलापलाई नजिकबाट नियाल्नु र आवश्यक परेको अवस्थामा तत्काल सहजिकरण गर्नु पर्दछ । शैक्षिक तथा मानसिक क्रियाकलापलाई सक्रिय एवं सकारात्क दिशा तर्फ तर्फ उन्मुख गराउन उनिहरुको नियमित खानपान तथा रहन सहनमा पनि अभिभावकले नजिकैबाट सक्रियताका साथ बुझि सहजिकरण गर्नु आवश्यक छ ।

त्यसैले अभिभावक वर्गले पनि घरमा आफ्ना वालवालिकाहरुलाई विशेष ध्यान  दिन जरुरी छ । प्राय सबै बालबालिकाहरु प्रंशसाका भोका हुने हुँदा कतै हामी त्यसमा चुकेका त छैनौ? बालबालिकालाई कडा रुखो बोली फिटिक्कै मन पर्दैन । गल्ति गरेको भएपनि सहज रुपमा यसो गर्नु हुन्न भन्दै अनिहरुलाई असल कामको तारिफ गर्दै सहि कुराको जानकारी गराउनु पर्दछ । कतिपय अभिभावकहरु साधारण लेखपढ गर्नु भएको छ होला, कतिपय धेरै नै तर हामीले आफ्नो बालबालिकालाई कत्तिको रेखदेख गरेका छौ भन्ने तिर ध्यान दिन जरुरी छ । घरमा पढ्न तथा पढाउन र सिकाउन नसक्ने कोही हुनुहुन्छ भने पनि उनिहरुले पढेर सुनेर वा शैक्षिक क्रियाकलापमा नजिकै रहरे सहयोगी बन्न  सकिन्छ, त्यसकारण बच्चाले पढेको सुनिदिने र असुद्ध पढेको सुनेमा यस्तो होला भनेर सहजिकरण गर्नाले पनि बालबालिकालाई पढाईप्रति ध्यान जाने हुन्छ । सबैलाई बालबालिकाको अगाडी वस्ने फुर्सद नहुन पनि सक्छ त्यस्तो समयमा घरमा सुन्नुहुने हजुरबा हजुरआमा या उनिहरु भन्दा ठुलो अभिभावकले पढेको सुनिदीने हेरिदिने गर्नाले पनि बालबालिकालाई एकदमै ठुलो हौसला मिल्छ । यदि उनीहरुले कुनै गल्ती गरेको छन् भने पनि नराम्रो कामको नराम्रो मान्छेको उदारण कहिल्यै पनि दिनुहुदैन किनकी बच्चाको ध्यान त्यही नराम्रो कुरा तिर जान्छ । जस्तै नराम्रो साथीको संगत नगर भनियो भने बच्चाको ध्यान त्यही नराम्रो तिर जान्छ र कस्तालाई नराम्रो भन्दा रैछन भन्ने जिज्ञासाले बच्चालाई उतैतिर लाने खतरा हुनसक्छ । जहिले पनि राम्रो गर भन्दा कस्तोलाई राम्रो भन्ने रहेछ भनेर बच्चालाई हरेक कुरा राम्रो गर भन्ने बानि वसाल्नु पर्दछ ।

अन्तमा हाम्रो अहिलेको शिक्षण सिकाई प्रक्रियामा अर्थपूर्ण र नतिजामुखी बनाउनका लागी हामीले जसरी योजनाबद्ध तरिकाले बालबालिलाई सहभागी गराइएको छ तेस्तै गरी अभिभावक शिक्षाको लागी पनि पहल थाल्नु पर्ने चुनौती हामी माझ आएकोले सम्बन्धित सरोकारवाला सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।

                                                                                                 (लेखक कुश्मावती आधारभुत विद्यालयका प्रअ हुन)

👉 अन्य सम्बन्धित खबरहरु

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
विचार

प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो

July 4, 2025
रक्तश्रावका अश्रुजल पीडाहरू
विचार

रक्तश्रावका अश्रुजल पीडाहरू

February 8, 2025
आफु र समाजका लागि योग
विचार

आफु र समाजका लागि योग

June 21, 2024
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका
विचार

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
विचार

स्वास्थ्य जीवनका लागि सामाजिक पुंजी

November 20, 2023
सोह्र श्राद्ध के हो र किन गरिन्छ ?
विचार

सोह्र श्राद्ध के हो र किन गरिन्छ ?

September 28, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव
  • शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
  • विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
  • शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.