दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता मंसिर २१ गतेदेखी २३ गतेसम्म शुक्लागण्डकी–५ बेलचौतारामा रहेको नेपाल पुलिस स्कुलमा सुरु हुदै छ ।
२८ वटा माध्यमिक विद्यालय रहेको शुक्लागडकीका २४ विद्यालयले प्रतियोगितामा भाग लिएको प्रतियोगिताका संयोजक लेखमान श्रेष्ठले बताए । उनका भोलि अर्थात मंसिर २१ गतेदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको समेत बताए ।
यसपटकको रनिङ्ग शिल्ड प्रतियोगितामा दौड, हाई जम्प, लङ जम्प, त्रीपल जम्प, ज्याभलिङ्ग थ्रो, भलिबल र कबड्डी हुने छ । पछिल्लो समय विभिन्न विद्यालयमा भएको सेपाक ताक्रो खेल भने रनिङ्ग शिल्ड प्रतियोगितामा समावेश नभएको प्रतियोगिताको संयोजक श्रेष्ठले बताए । उनका अनुसार पञ्चमुनिमा हुने सेपाक ताक्रो रनिङ शिल्ड प्रतियोगितामा पुगेको फाईनल टिमलाई समापन शत्रमा डेमोको रुपमा खेल प्रस्तुत गर्ने तयारी भएको छ ।
चौथो संस्करणको रनिङ् शिल्ड प्रतियोगिता तालबेसी माध्यमिक विद्यालयले हात पारेको थियो । हालसम्म पञ्चमुनीले २ पटक, हंशबाहिनीले एक पट र तालबेसीले १ पटक रनिङ् शिल्डको उपाधि हात पारेको थियो ।