दुलेगौंडा । तिहारलाई लक्षित गरेर लगाएको सयपत्री फूल विक्रि हुन नसकेपछि खेतमा नै कुहिन थालेको छ । तिहार, छठ र एकादसीमा पनि फूल नविकेपछि अब खेतमै कुहिने अवस्था पुगेको हो ।
तनहुँको भिमाद नगरपालिका–८ भागरमा रामचन्द्र पौडेलले २ रोपनी क्षेत्रफलमा तीन हजार सयपत्री फूलका विरुवा लगाएका थिए । उनले तिहारमा फूल बेचेर करिब डेढलाख आम्दानी गर्ने लक्ष्य राखेता पनि पैतिस सय रुपैयाँ जती मात्रै आम्दानी गर्न सके । ‘बारीमा फूल अझैपनि टन्न छ । अब विक्री हुने आश छैन् । अब यो फूल बारीमा नै कुहिएर जाने त हो ।’ उनले भने, ‘यस्तै पारा हुने हो भने अर्काे बर्ष के फूल लगाई चाल भो र । लगाउदिन होला ।’
म्याग्दे गाउँपालिका–५ ठूलाखेतमा युवा कृषक सुसन पौडेलले ४ रोपनी क्षेत्रफलमा फूलखेती गरेको थिए । २ लाख रुपैयाँ जतिको फूल रहे पनि हालसम्म ५२ हजार जतिको फूल विक्री भएको उनको भनाई छ । बारीमा अभफै ७० प्रतिशत फूल रहेता पनि विक्री नहुँदा चिसोले, सितले कुहिदै जान थालेको बताए । ‘बारीमा फूल अझै छ । बिस्तारै सितले कुहिदै जान थालेको छ । अब विवाहको महिना मंसिर छ । यो बेला जति विक्री हुन्छ त्यति हो । त्यसपछि सबै कुहिएर जाने हो’ उनले भने । पौडेलका अनुसार सरकारले वाह्यि मूलुकबाट फूलको आयात रोकेर स्थानीय फूललाई प्राथमिकता दिएको खण्डमा अर्काे बर्ष पनि फूलखेती गर्ने पौडेलले बताए ।
शुक्लागण्डकी–८ डहरेकी मञ्जुकुमारी श्रेष्ठले यसबर्ष फूलखेतीबाट पर्याप्त आम्दानी गर्न सकिनन् । श्रेष्ठका अनुसार बारिमा फूल कुहिएर जाने अवस्था देखेपछि ४ डोको फूल आफूलो एकादसीका लागि पुलचोक लगिदिएको बताईन् । करिब डेढलाख रुपैया आम्दानी गर्ने लक्ष्य लिएकी श्रेष्ठले यसपटक ३५ हजार रुपैयाँ आम्दानी गर्न सकिन । ‘सोचे अनुरुप फूल विक्री हुन सकेन । मेहनत र दुख गरेको जति आम्दानी भयो तर फाईदा भने भएन’ उनले भनिन्, ‘सरकारले पनि फूलखेति गर्ने कृषकलाई सहयोग गर्नुपर्छ । अहिले घाटा भयो भन्दैमा अर्काे बर्ष नलगाउने भन्ने चाही हुदैन् । हरेम अब के हुन्छ ।’
शुक्लागण्डकी नगरपालिका–३ टारका कृषक देउनारायण श्रेष्ठले फूल विक्री गर्न नसकेपछि दुलेगौंडा स्थित बन्केवाचोक प्रतिक्षालयमा फूल झुड्याएर छाडेका छन् । बजारमा फूल विक्री हुन नसकेपछि आफुको मिहेनत खेर गएको श्रेष्ठ बताउछन् । श्रेष्ठका अनुसार आफूल ५० हजार सम्म आम्दानी गर्ने लक्ष्य लिएता पनि सोचे अनुरुप आम्दानी गर्न नसकेको बताए ।