दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा यहि असोज २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीले खुला विशाल सभा गर्ने भएको छ । सभालाई पार्टीका सभापति रवि लामिछाने सहित तनहुँ क्षेत्र नं.१ का प्रतिनिधि सांसद अर्थविद् डा. स्वर्णीम वाग्ले सम्बोधन गर्ने छन् ।
पार्टीका विचार, सिद्धान्त बुझाउनुका साथै रास्वपाले अवका दिनमा राष्ट्रको विकासका लागि चल्ने कदमको बारेमा जनतालाई प्रष्ट पार्न सभा गर्न लागिएको रास्वपाका तनहुँ क्षेत्र नम्बर २ का संयोजक कृष्णप्रसाद रिजालले बताए । साथै भेलाले प्रत्येक गाँउ ठाउँको सुझाव संकलन गर्ने माध्यम बन्ने पनि बताए ।
कार्यक्रमको आयोजना रास्वपाका तनहुँ क्षेत्र नम्बर २ ले गरेको छ । उक्त कार्यक्रम दुलेगौंडा स्थित विपि चोकमा विहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । पार्टीले उक्त सभामा सहभागि हुनका लागि सम्पूर्ण आम सर्वसाधारण नागरिकलाई अनुरोध गरेको छ ।