दुलेगौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर समितिले शंकर पन्त र याम खाँडलाई पार्टीबाट निष्कासन गरेको छ । असोज १६ गते बसेको नगर समितिको बैठकले उक्त कारबाहीको निर्णय गरेको नगर समिति अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
खाँड पार्टीका नगर समिति सदस्य रहेका थिए भने पन्त शुक्लागण्डकी–२ नं वडा समितिका अध्यक्ष रहेका थिए । खाँड गएको स्थानीय तहको निर्वाचन पश्चात् पार्टी गतिविधिमा निष्कृय रहदै आएका थिए भने केही दिनअघि मात्र नेकपा एमालेमा प्रवेश गरेका छन् । त्यस्तै, पन्त हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा क्रियाशिल छन् ।
त्यस्तै, जिल्ला समन्वय सदस्य रहेका भद्रबहादुर खत्री (विष्णु)लाई पनि पार्टी सदस्यबाट निष्कासनका लागि जिल्ला समन्वय समिति तनहुँमा सिरफारिस गर्ने निर्णय गरेको अध्यक्ष गुरुङले बताए ।