तनहुँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ ।
आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ ।
एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ । यसमा नेपालले १३ करोड डलर थपेको छ । यो सहयोगले काठमाण्डौको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरुको निर्माण हुनेछ ।
यस्तै, कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नती हुनेछ ।