दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रमबाट २२२ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रम संयाेजक तिर्थराज खनालका अनुसार देशभरिका लायन्स मध्य लायन्स क्लब अफ शुक्लागण्डकीले सर्वाधिक रगत संकलन गर्न सफल भएको दाबि गरे । `गतबर्ष २११ पिन्ट रगत संकलन गरेर रेकर्ड राखेका थियौं । यस बर्ष २२२ पिन्ट रगत संकलन गरि देशभरिका लायन्स मध्य सबैभन्दा बढी रगत संकलन गरेकाे रेकर्ड राख्न सफल भएका छाैं´ खनालले दाबी गर्दै भने ।
रक्तदान गर्नु भनेको जीवनदान गरे सरह हुने हुदाँ लायन्सको यस कार्य उत्कृष्ट रहेको भागवत् मञ्जरी राधिका दासीले बताईन् । उनले लायन्स(सिंह) भनेको जंगलको राजा भए जस्तै सेवाको कार्यमा क्लब राजा भएर काम गर्न आग्रह गरिन ।
अस्पतालमा हुने रगत अभावलाई कम गर्न क्लबले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष खुम राईले बताए । नेपाल रेडक्रस साेसाईटी क्षेत्रीय रक्त सञ्चार पाेखराकाे प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष राईले बताए ।
क्लबका अध्यक्ष राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा भागवत् मञ्जरी राधिका दासी, शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले, शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा,, लायन्स क्लबका संस्थापक अध्यक्ष तिर्थराज खनाल, डिपार्टमेन्ट चिफ कृष्णप्रसाद पौडेल, रिजन चियर पर्सन मीन बहादुर लामिछाने, क्लबका पूर्व अध्यक्ष सुमन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।