काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेनविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको प्रदर्शनकारी सयल श्रेष्ठले बताउनुभयो ।