तनहुँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजदेखि लागु हुनेगरि ईन्धनको मूल्य घटाएको हो । यसअघि पेट्रोल १७५ मा विक्रि भएको थियो भने आजदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ ।
निगमका अनुसार पहिलो वर्ग अर्थात भारतसँगको सीमावर्ती क्षेत्रमा पेट्रेल प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग अर्थाथ सुर्खेत दांङमा प्रतिलिटर १६९ र तेस्रो वर्ग अर्थात काठमाडौं पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ ।
यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय भएको हो ।