पोखरा । आदिपुरुष नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर सर्वत्र विरोध भईरहेको छ । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहाले आदिपुरुष चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै सोमबारदेखि भारतीय चलचित्र चल्न नदिने बताएका हुन् ।
यहि चलचित्रमा रहेको संवादलाई लिएर पोखरा महानगरले पनि भारतीय फिल्म नचलाउन निर्देशन दिएका छन् । महानगरपालिका प्रमुख धनराज आचार्यले आइतबार पत्र लेख्दै ‘आदिपुरुष’ मा भएको त्रुटि नसच्चिएसम्म भारतीय फिल्म नचलाउन निर्देशन दिएका छन् ।