काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आजबाट तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
भारतीय प्रधधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका हुन्। उनि आज (बुधबार) दिउँसो १ बजे भारत प्रस्थान गरेका हुन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।