काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ ।
निगले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर दश रुपैयाँले घटाएको थियो । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
यातायात व्यवस्था विभागले सार्वजनीक गरेको भाडादर अनुसार काठमाण्डौं–देखी पोखरा सम्मको भाडा ६१६ रुपौंया मात्र तोकेको छ । यस अघि काठमाण्डौं पोखराको भाडा ६३६ रुपौंया थियो ।