गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सांसदको समर्थन छ ।