तनहुँ । प्रतिनिधि सभा उपचुनाव अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सुरुवाति चरणबाटै निरन्तर रुपमा अग्रता कायमै गरेका छन् ।
१८ हजार ६६१ मत गणना गर्दा सम्म पनि वाग्लेले अग्रता कायम गरिरहेकै हुन् । जहाँ, वाग्लेले १० हजार २ सय ५९ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ५७ ल्याएका छन् ।
भट्टराई र खनालले पाएको भन्दा वाग्लेको मत दोब्बरभन्दा बढीले धेरै छ ।