तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई एअर एम्बुलेन्सबाट भारत लैजान लागिएको हो ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलका अनुसार पौडेललाई भारतको नयाँदिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा लैजान लागिएको हो ।
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई आज भारत लैजान लागिएको हो ।