काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठको स्थानमा विन्दवासिनी कंसाकार सांसद बनाउने भएको छ ।
ढाकाकुमार आदिवासी जनजाति क्लस्टरमा सांसद बनेका थिए । अब रास्वपामा सोही क्लस्टरबाट कंसाकारलाई सांसद बनाउने भएको हो । रास्वपा सभापति रवि लामिछानेले बुधबार बेलुका भएको बैठकपछि पार्टीले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाउने बताए ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । त्यस्तै, उनलाई सांसद पदबाट पनि कारबाही गर्ने निर्णय गरेको छ ।